रातु खोलामा नुहाउने क्रममा एक जनाको ज्यान गयाे



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिका स्थित रातु खोलामा नुहाउने क्रममा एक जनाको डुबेर ज्यान गएको छ ।


बर्दिवास नगरपालिका वडा नम्बर १४ का १६ वर्षीय रोहित मिश्रको आज रातु खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बर्दिवाका प्रहरी निरीक्षक सोनु कुमार शाहले जानकारी दिए ।

रोहित  आईतवार दिउँसो उनका साथीहरु रबी शाह र निशान्त कोईराला संग खोलामा नुहाउन गएका थिए नुहाउने क्रममा खोलाको बिच भागमा खाल्डोमा पुगेर डुबेपछी उनीसंगै नुहाउन गएका साथी दुबैले उद्धार गर्न प्रहरी र स्थानियलाई खबर गरेका थिए ।

खबरपाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिवासको टोली र स्थानियले मिश्रलाई खोलाबाट निकाली बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा भर्ना गरे लगतै उनलाई चिकित्सकले मृत घोषना गरेको प्रहरीले जनाएको छ ।

उनको शब पोस्टमार्टमकालागी प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button