प्रधानमन्त्री ओलीले बोलाए आफू निकटका नेतालाई बालुवाटार बोलाए



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुलाई भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका आफू निकटका नेताहरुलाई बिहीवार साँझ बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।


आज दिउँसो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधान मन्त्रीले भेटघाट गरेका थिए । तर वार्ता निष्कर्षविहिन टुंगिएको थियो । स्रोतका अनुुसार उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र अन्य नेताहरु छलफलमा सहभागी रहेका छन् ।

गत असार १० गतेबाट बसिरहेको नेकपा स्थायी कमिटि बैठक विवादका बीच स्थगित हुँदै भोलीका लागि बोलाइएको छ । भोलीको बैठकका लागि रणनीति तयार गर्नका लागि छलफल गरिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button