जनकपुरधाम उपमहानगरपालिकाको अनुदान कटौती, पदाधिकारीलाई कारवाही



मेरो प्रदेश सम्वाददाता
धनुषा
अनियमितता, सूचना लुकाउने प्रवृत्ति र भ्रष्टाचार लगायतका आरोपकै कारण विवादित बनेको जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षको लेखापरीक्षण गराउन नसक्दा प्रदेश सरकार तथा अन्य संघ संस्थाबाट पाउँदै आएको सम्पूर्ण अनुदान कटौती हुने भएको छ । आर्थिक बर्ष २०७५÷०७६ को लेखा परीक्षण नगराएको कारण अनुदान कटौती गरीनुका साथै उपमहा नगरपालिकाको पदाधिकारीहरुलाई समेत कारवाही हुने महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको छ । लेखापरीक्षण नगराएका कारण महालेखापरीक्षकको प्रतिवेदनमा विवरण नराखिएको उल्लेख छ । लेखापरीक्षण गराउन नसक्दा अनुदानसहित संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधा कट्टा गरीएको र स्थानीय तह सेवा संचालन सम्बन्धी ऐन २०७४ बमोजिम पदाधिकारीहरुलाई कारवाही हुने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button