घुससहित नगर प्रमुखका छोरा पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सहित दुईजनालाई घुससहित पक्राउ गरेको छ ।
लहान नगरपालिका–२२ राजदेवी चोकबाट बुधबार उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिकाका प्रमुख मण्डलको छोरा सन्त मण्डल र जितेन्द्र महतो रहेका छन् । उनीहरुको साथबाट पाँच लाख रुपैयाँ बरामद गरिएको छ ।
डिपिआर गरेको रकम भुक्तानी दिन नगरप्रमुख मण्डलले सेवाग्राहीसँग घुस रकम माग गरेपछी रकम लिन प्रमुख मण्डलले छोरा सन्त र जितेन्द्रलाई पठाए पछी बिशेश सुराकिको आधारमा अख्तियारको टोलीले रकम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि बर्दिबासको कार्यालय लगिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button