केही दिनदेखिको लगातारको वर्षाका कारण सिन्धुली ग्रामीण क्षेत्रका सडक भत्किएर आवागमन ठप्प



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
केही दिनदेखिको लगातारको वर्षाका कारण सिन्धुली ग्रामीण क्षेत्रका सडक भत्किएर आवागमन ठप्प भएको छ ।


वर्षाका कारण जिल्लाका अधिकांश सडकहरुमा गाडी चल्न नसक्ने गरी बिग्रिएको स्थानीयले गुनासो गरेका छन् ।

सडक बिग्रिएकाले यातायातका साधन चल्न नसक्दा स्थानीयवासीले सास्ती बेहोर्नु परेको छ ।

अबिरल वर्षाका कारण पिपलभञ्ज्याङ–रामपुर सडक, खनियाखर्क–तीनकन्या सडक, सोलाभञ्ज्याङ–नागी सडक, सिन्धुलीमाढी–चकमके–बाहुनतिल्पुङ सडक,सिन्धुलीमाढी–बेल्टारलगायतका ग्रामीण सडक भत्किएर यातायात अवरुद्ध भएको होे, ‘ठाउँठाउँमा माथिबाट आएको पहिरोका कारण सिन्धुलीमाढी–चकमके–बाहुनतिल्पुङ सडक समेत अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button