छुवाछुतलाई अन्त्य गर्दै डोम मुसहरलाई राहत



मेरो प्रदेश सम्वाददाता
सप्तरी
बन्दाबन्दीलका कारण हातमुख जोर्ने समस्यामा परेकाहरुलाई एकजातिय संस्थाले राहत सामग्री वितरण गरेको छ । जातिय छुवाछुत विरुद्घ सन्देश दिदै समाज सेवा क्षेत्रमा क्रियाशित ब्राहमण सेवा समाज सप्तरीले सोमबार दलित बस्तीका १ सय दलित गरिब असहाय परिवारलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेको हो ।
संस्थाले छिन्नमस्ता गाउँपालिका ५ स्थित दलित बस्ती तथा आसपासका डोम मुसहर, अपाङ्ग, बृद्घबृद्घा लगायत १ सय परिवारलाई घरमै ल्याएर खाद्यान्न, मास्क, साबुन, जिवनजल, सिटामोल, ग्लब्स लगायतका राहत सामग्री वितरण गरेका छ्न ।
ब्राहमण सेवा समाजका अध्यक्ष विवेकानन्द मिश्र, सचिव अजित ठाकुर, केन्द्रिय सदस्य सतिशचन्द्र झा, समाजका छिन्नमस्ता गाउँपालिका एकाई कमिटिका अध्यक्ष अनिल कुमार मिश्र लगायतले राहत सामाग्री वितरण गरेका हुँन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button