बर्दिवासका चार सहकारी समायोजन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास स्थित चार वटा सहकारी समायोजन भएका छन् बर्दिवास स्थित विनायक वेङ्क्वेटमा भएको एकिकरण विशेष साधारणसभाले बर्दिवास नगरपालिका भित्र रहेकासाथि बचत तथा ऋण सहकारी संस्था, जुन तारा बचत तथा ऋण सहकारी संस्था, नमुना बचत तथा ऋण सहकारी संस्था र शुभ समय बचत तथा ऋण सहकारी संस्थालाई समायोजन  गरेर एकिकृत बचत तथा ऋण सहकारी संस्था लि. गठन गरीएको हो । सहकारी ऐन २०७४ को परिच्छेद १५ मा भए अनुसार दुई वा सो भन्दा बढि सहकारी संस्थाहरुलाई एक आपसमा समायोजन गरी एकिकरण गर्न सकिने प्रवधानअनुसार चारै  सहकारीहरु समायोजन  भएका संस्थाका व्यवस्थापक पूर्ण प्रसाद सुवेदीले बताए ।


सहकारी एकिकरणको साधारण सभाले “एकिकृत बचत तथा ऋण सहकारी संस्था” संचालनका लागी विष्णु बहादुर खड्काको अध्यक्षतामा १५ सदश्यिय तदर्थ समिती समेत गठन गरेको छ । साथै सभाले मर्ज गरीएका चारवटै सहकारीहरुको बार्षिक प्रतिबेदन तथा एकिकृत लेखापरिक्षण समेत सार्बजनिक गरेको छ । सहकारी ऐन २०७४ को परिच्छेद १५अनुसार एउटै कार्य क्षेत्र भित्र रहेका एक भन्दा बढि सहकारीहरु, सञ्चालन लागत घटाएर सदश्यहरुलाई बढी लाभ दिन चाहने सहकारीहरु, एउटै विषय संग मेल खाने सहकारी संस्थाहरु र फरक जिल्ला भएर पनि कार्य क्षेत्र जोडिएका सहकारीहरु समायोजन गर्न सकिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close