मोटर साईकल दुर्घटनामा एकको ज्यान गयो , एक गम्भीर घाइते



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा भएको मोटर साईकल दुर्घटनामा परी परिचय खुल्न नसकेका एक जनाको ज्यान गएको छ ,भने मोटरसाईकलमा सवार अर्की एक जना महिला गम्भीर घाईते भएकी छिन ।


ढल्केवर (जनकपुर सडक खन्ड अन्तरगतको महेन्द्रनगर र सपहीे सडक खण्डमा भएको मोटर साईकल दुर्घटनामा एक जना पुरुषको ज्यान गएको छ भने मोटर साईकलमा पछाडी सवार महिला गम्भीर घाईते भएकी छिन ।

इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्ष पप्पु नायकका अनुसार मोटरसाइकलमा सवार दुबै जनालाई पछाडीबाट अपरिचित सवारीले ठक्कर दिएर फरार भएको हुन सक्छ । उनीहरु ज ३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार थिए।

प्रहरीले घटना स्थलको प्रकृति मुचुल्का उठाई शवको पोष्टमार्टम र घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button