प्रदेश २ का कृषिमन्त्रीले धान रोपेर मनाए धान दिवस



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आज धान रोपेर धान दिवस मनाएका छन्। धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमको आयोजनामा मन्त्री साहले धान रोपेर खुःशी साटासाट गरी धान दिवस मनाएका हुँन । सो क्रममा मन्त्री साहले देशको कृषि व्यवस्थालाई मजबुत बनाउन संकल्प लिनुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भरताको स्थिति सिर्जना गरी खाद्य सुरक्षालाई सुदृढ बनाउन कृषि कार्यलाई उच्च प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व वृद्धि गर्न भरमग्दुर प्रयत्न गरिरहेको बताउदै मन्त्री साहले भने ‘हामीले बिउबिजन, मलखाद, सिँचाइ, बिजुली, सडक, बजार आदि व्यवस्थापन गरेर कृषिकार्यलाई सहज र विस्तारित बनाउने खालका किसानमैत्री कार्यक्रमहरू ल्याएका छौं’, उनका अनुसार ‘मन्त्रालयले विगतमा ल्याएका विभिन्न कार्यक्रमबाट प्राप्त अनुभव र परिणाम बाट अबका वर्षमा थप सहज ढंगले कृषि कार्यक्रम सञ्चालन गर्दै कृषिजन्य सामग्रीमा आयात प्रतिस्थापन हुने गरी प्रतिफल दिने पेसाका रूपमा कृषिकार्य स्थापित हुने विश्वास समेत ब्यक्त गरे उनले कोभिड–१९ को असाधारण परीस्थितिमा पनि नेपालका किसानहरूले देशको अर्थतन्त्र र समग्र जीवनशैलीलाई प्रतिबिम्बन गर्ने खेती किसानीलाई निरन्तरता दिँदै आएकोमा किसानलाई बधाई समेत  दिए


। उनले देशको मुख्यबालीका रूपमा रहँदै आएको धान उत्पादनको करिब ३० देखि ४० प्रतिशत हिस्सामा प्रदेश २ को साझेदारी रहँदै आएको तथ्यले यहाँको कृषि प्रणालीमा धान उत्पादनको महत्व स्थापित हुँदै आएको समेत प्रस्ट पारे । अहिले बालीनाली सखाप पार्ने संकट निम्त्याउने सलह कीराका केही झुन्डको नेपाल प्रवेश भएको र यो कीरा नियन्त्रण गरी बालीनाली जोगाउन निरन्तर किसानहरूको सम्पर्कमा रहेर काम गरिरहेका मन्त्री साहले बताएका छन्। सलह कीरा धपाउन किटनाशकको उपयोग र अन्य घरेलु तरिका अपनाउने कार्यमा समेत मन्त्रालयले किसानहरूसँग सहकार्य गरिरहेको उनको भनाइ छ । त्यसैगरी प्रदेश २ मा किसानहरुले भने मलखाद नपाएर हैरान छन्। एक त सिँचाइको समस्या छ। झन लकडाउनका कारण मलखाद कतै पाइरहेका छैन। सिमा सिलका कारण भारतीय बाजरबाट पनि मलखाद ल्याउन नपाएको किसानहरुको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close