उपचारको क्रममा मृत्यु भएकी बर्दिवासकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास–३ घर भएकी महिलाको सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएपछी उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
मृतक महिलाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाबको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि असार ११ गते दिउँसो सिन्धुली अस्पतालमा भर्ना भएकी २१ वर्षीया महिलाको उपचारको क्रममा सोही दिन राति मृत्यु भएको अस्पतालका मेसु डा. लक्ष्मण खड्काले बताए । महिलालाई सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ माइती घरबाट उपचारका लागि बिहीबार दिउँसो सिन्धुली अस्पतालमा भर्ना गरीएको थियो ।मृतक महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दा लक्षण देखिए पछी उनकोे शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि टेकु पठाइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close