जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा स्थगित



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाम उप महानगरपालिकाको मंगलबार आयोजना गरिएको नगर सभा बैठक स्थगित गरिएको छ । नगरसभाका लागि गणपूरक संख्या नपुगेको भन्दै विवादका बीच नगरपालिकाले गर्नलागेको नगरसभा बैठक स्थगित गर्ने सूचना जारी गरीएको छ ।
नगर सभासदको गणपूरक संख्या पुग्न नसकेकाले मंगलवार स्थगित गरिएको र नगरसभा बैठक बुधबार बस्ने प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मीले बताएका छन् ।


सोमबार साँझ बसेको योजना समितिको बैठकमा मेयर लालकिशोर साहले आफूखुशी योजना बनाएर हस्ताक्षर गराउन लागेको भन्दै वडा अध्यक्षहरु विवादमा उत्रिर एक दर्जनभन्दा बढी कुर्सी समेत तोडफोड गर्नुका साथै मेयर पक्षधर र वडा अध्यक्ष र सदस्यबीच झडपसमेत भएको थियो ।
नगर सभा बैठक बस्ने दिन मंगलबार बिहानैदेखि जनकपुरधामका केही वडा अध्यक्ष र सदस्यहरु उप महानगरपालिकाका कार्यालय अगाडि धर्ना दिएर नाराबाजी समेत गरेका थिए ।
त्यस क्रममा मेयर पक्षधर र वडा अध्यक्ष र सदस्यबीच झडपसमेत भएको थियो । त्यसपछि वडा अध्यक्षहरुले एक दर्जनभन्दा बढी कुर्सी समेत तोडफोड गरेको मेयर पक्षधरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button