कोरोना संक्रमण पुष्टि भएको थाहापाए पछी क्वारेन्टिनबाटै फरार



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए पछी एक जना क्वारेन्टिनबाटै फरार भएका छन् ।


हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट फरार भएका हुन् । ति युवकको पीसीआर परीक्षणको रिपोर्ट सोमबार कारोना पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई छुट्टै कोठामा राखिएको थियो । छुट्टै कोठामा राखिएको केही बेरमै पानीपरेको मौका छोपी पर्खालबाट हाम फालेर उनी क्वारेन्टिनबाट भागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामदेव यादवले जानकारी दिए । सर्लाही घर भएका ती व्यक्ति सप्तरीमै बस्दै आएका थिए । पछिल्लो समय भारतबाट आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । प्रहरीले उनको खोजी गरीरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button