सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णयको प्रदेश दुइमा बिरोध



मेरो प्रदेश सम्वाददाता
धनुषा
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश दुइमा विरोध भएको छ । आज बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ । जनता समाजवादी पार्टीका सांसद मनिष सुमनले राज्य व्यवस्था समितिलाई प्रभावित गर्दै नेकपाले यस्तो निर्णय गरेको बताए । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको सात बर्षको बीचमा बच्चा जन्मियो र त्यहीं बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गरे । उनले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापी मान्य नहुने बताए । २०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउनुपर्ने उनको माग रहेको छ । जनता समाजवादीका सांसद चमेलीदेवी दासले बच्चाका आमा बुवाको जन्म दर्ता नभए बच्चाको जन्म दर्ता समेत नबनाउने गरिएको भन्दै यो दुःख ती महिलाका सन्तानले समेत भोग्नुपर्ने भएकाले यो निर्णय नसच्चिए सम्पूर्ण महिला आन्दोलमा उत्रने बताईन । जनता समाजवादी पार्टीकै सांसद रानीशर्मा तिबारीले विवाह गरेको दिन महिलाका श्रीमानको केहि भयो भने महिलालाई ठूलो समस्या हुने भएकाले यो निर्णय कदापी नमान्ने बताईन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button