जवरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहा प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने रामबाबु भन्ने २५ बर्षका चन्देश्वर यादव,औरही गाउँपालिकाका वडानम्बर २ बस्ने २० बर्षका अम्बर यादव, सुखिपुर नपा ६ बस्ने १९ बर्षका गोलु महत्तो र औरही २ का २३ बर्षका जगरनाथ यादव रहेका छन ।


उनिहरुले मंगलबार राति सिराहको गोलबजार नगरपालिका वडानम्बर ३ घर भएकी १५ बर्षिय बालिकालाई जर्वजस्ती करणी गरको उजुरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button