ठगी गरेको आरोपमा एक महिला पक्राउ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
गरिब तथा विपन्न परिवारलाई सस्तोमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै सर्वसाधरणसँग ३ हजार ५ सय रुपैयाँ असुली गरेको अभियोगमा सोमवार एक महिला पक्राउ परेकी छन् ।


पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा रहेकी छन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रपुर ४ मा कार्यालय राखेको बताएकी थिइन् ।

आफ्नो कार्यालयलाई मलेसिया सरकारको आर्थिक सहयोग रहेको दाबी गर्दै उनले ठगी धन्दा चलाएको पीडितहरुको आरोप छ ।

सर्वसाधरणसँग पैसा उठाएर राजरानी सम्पर्र्क िवहीन भएपछीे उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनलाई विश्वासघात तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button