हावाहुरीले घर भत्किँदा चार जना घाइते

मेरो प्रदेश सम्वाददाता
सिरहा
सिराहा नगरपालिका–८ स्थित दलितबस्तीमा हावाहुरीका कारण दुई घर भत्किँदा एकै परिवारको चारजना घाइते भएका छन् ।
वर्षासँगै चलेको हावाहुरीले स्थानीय बुधावा सदायको घर भत्किँदा उनकी ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र ८ वर्षीय दुई छोरा घाइते भएको सिराहा नगरपालिका– ८ का वडाध्यक्ष नागेश्वर गोइतले जानकारी दिए । घाईते चारै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको बताईएको छ ।