भोकै पैदल हिडेका धनुषाका एक युवकको जटही नाकामा मृत्यु, सीममा प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको जटही नाकामा एक युवकको बुधबार बिहान साढे ७ बजे
ज्यान गएको छ । ज्यान जानेमा धनुषाका सहिदनगर नगरपालिका घर भएका विरेन्द्र यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


यादब ६ दिनदेखि भोकभोकै हिडेर घर आउँदै गर्दा भारतीय ट्रकले उनीसहित झण्डै १ सय ५० जना मानिसलाई राखेर मंगलबार बिहान करिब ३ बजे जटही बोर्डरमा छोडेको थियो । नाकामै बसेका उनीहरुलाई बुधबार बिहान सीमामा खटिएका शसस्त्र प्रहरीले चाउचाउ र च्युरा खान दिएका थिए ।

अन्य संगै ती युवकले पनि चाउचाउ च्युरा खाएपछि बान्ता गरेको र उपचारको लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको छ । युवकको मृत्यु भएपछि नाकामा तनाव र प्रदर्शन भएको छ । ्

भारतको विभिन्न ठाउँबाट आएका दुईसयभन्दा बढी नेपाली नागरिकले नाकामा प्रदर्शन गर्दै आ आफ्नो घर हिडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button