बारामा कार्यरत थप एक जना सुरक्षाकर्मीमा कोरोना भाईरस पोजेटिभ



मेरो प्रदेश सम्वाददाता
बारा
बारामा कार्यरत थप एक जना सुरक्षाकर्मीमा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका(७, पचकछिया निवासी ४९ वर्षीय नेपाल प्रहरीका नायब निरीक्षकको आईतबार आएको नतिजा अनुसार कोरोना भाईरस पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय बारा कलैयाको मुद्दा फाँटमा कार्यरत उनी तीन महिनायता घर नआएको सर्लाही प्रहरी स्रोतले जनाएको छ ।
उनलाई आईतबार दिउँसो नै कलैया अस्पतालको आईसोलेसनमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
उनलाई अहिले कलैया अस्पतालको आईसोलेसनमा उपचारकोलागि पठाईएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button