घर जान हिँडेका तीन सय बढी भारतीय नागरिकहरु वीरगञ्जमा अलपत्र



मेरो प्रदेश सम्वाददाता
पर्सा
नेपालको विभिन्न ठाउँबाट मजदुरी गरी घर जान हिँडेका तीन सय बढी भारतीय नागरिकहरु वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा ४,५ दिनदेखि अलपत्र परेका छन् ।


भारतीय सुरक्षाकर्मीले उनीहरुलाई भारत प्रवेश गर्न नदिएपछि बिचल्लीमा परेको स्थानीय वीरेन्द्र यादवले बताए ।

उनले भने, ‘नेपालका विभिन्न भागबाट आएका तीन सय भन्दा बढी भारतीय नागरिकहरु अहिले अलपत्र छन् । जसमा पुरुष, महिलादेखि लिएर स –साना बालबच्चा र गर्भवती महिलाहरु समेत छन् । उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत जान दिएका छैननन् । उनीहरुको बिचल्ली अवस्था देखेपछि चार दिनयता बीरगंजका स्थानीयले खाना खुवाइरहेका छन् ।’

आईसीपी गेटमा भारत फर्कनेहरुको दिन प्रतिदिन भिड थपिन थालेपछि स्थानीयमा संक्रमण फैलने त्रास समेत बढेको यादवको भनाई छ ।
भारतीय नागरिक आईसीपी गेटमा भिड लाग्दा संक्रमण फैलन खतरा बढेपछी पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका एसपीको समेत ध्यानाकर्षण गराइसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button