स्रोत नखुलेको ९ लाखसहित एक भारतीय पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
स्रोत नखुलेको ९ लाख रुपैयाँसहित सप्तरीबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल बथ्नाह गाउँ पञ्चायत–१७ बस्ने २८ वर्षीय फूल कुमार मेहता रहेका छन ।
मेहतालाई सप्तरीको हनुमाननगर नगरपालिका(१४ कोसी बलार भन्ने ठाउँबाट शनिबार दिउँसोे ९ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी चौकी रामपुर मल्यनियाँबाट खटिएको प्रहरीले नेपालतर्फ आउँदै गरेका उनलाई चेक जाँच गर्ने क्रममा उनको साथमा रहेको तरकारी बोक्ने झोलाभित्र उक्त नगद फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button