निजगढ प्रवेश गर्ने सवारीसाधनलाई निसंक्रमण गरेर मात्रै प्रवेश अनुमती दिइन



मेरो प्रदेश सम्वाददाता
बारा


पूर्वापश्चिम राजमार्ग अन्तरगत बाराको निजगढ बजार क्षेत्र प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई निसंक्रमण गरेर मात्रै प्रवेश अनुमती दिईने भएको छ । प्रवेश अघीनै सवारी साधानहरुलाई निसंक्रमण गर्ने व्यवस्था मिलाईएको हो ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि बजार प्रवेश गर्ने स्थानमा निसंक्रमण टनेल निर्माण गरिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले जानकारी दिए । नगरपालिकासँगको सहकार्यमा खानि तथा क्रसर व्यवसायी संघ निजगढले टनेल निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button