महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका –८ बस्ने विकाउ रामका १६ वर्षीय छोरा लटरु राम रहेका छन ।
केही दिनदेखि मानसिक सन्तुलन ठीक नरहेको राम जलेश्वर–१ स्थित महादेव मन्दिर अगाडिको पोखरीमा नुहाउन आज गएका थिए नुहाउने क्रममा पोखरीको बढी गहिराईमा पुग्दा डुबेर उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । डुबेर मृत्यु भएका रामको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button