प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुग्यो



मेरो प्रदेश सम्वाददाता
धनुषा


प्रदेश २ को समाजिक विकास मन्त्रालयको कोरोना सम्बन्धी तथ्याङ्क अनुसार प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।
प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित भएपनी आज बिहान ९ जना संक्रमित भएपछी यो सङ्ख्या १३१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज बिहानको विज्ञप्तिमा प्रदेश २ अन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

प्रदेश २ को आठ जिल्लामध्ये सोमबार बिहानसम्ममा रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक÷एक जना कोरोना सङ्क्रमित छन् । आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button