बाराका एक प्रहरीमा समेत कोरोना भाइरस पुष्टि,



मेरो प्रदेश सम्वाददाता
बारा
बारामा एक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।


उनमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको छ । संक्रमितबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएपछि उनको कन्ट्याक ट्रेसिङ थालिएको बताईएको छ । जवान प्रहरीको मुद्दा शाखामा कार्यरत भएकाले जिल्ला सरकारी वकिलको कार्यालयसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत समेतको गरी २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button