उदयपुरका एक पत्रकारमा पनी कोरोना भाइरस (कोभिड १९) संक्रमण पुटि



मेरो प्रदेश सम्वाददाता
उदयपुर
उदयपुरका एक पत्रकारमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुटि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शुक्रबार सार्वजानिक गरेको नौ जना संक्रमितमध्ये उदयपुरका २५ वर्षे एक पुरुष पत्रकार रहेका छन् ।
कोरोना संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केमा रिपोटिङ गर्दै आएका पत्रकार संक्रमित भएका हुँन। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले पत्रकारसहित ६० जनाको स्वाव संकलन गरेर परीक्षण गर्न पठाएकोमा ६० जना मध्ये एक जना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।


जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीका अनुसार, २६ जना पत्रकार, केही स्वास्थ्यकर्मी र अन्य सर्वसाधरण गरी जम्मा ६० जनामा ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक पत्रकारको मात्र पोजेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button