अस्पतालबाट भागेका काेराेना संक्रमित लागूऔषधका काराेबारी



मेरो प्रदेश सम्वाददाता
पर्सा
वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डबाट बुधबार भागेका दुई संक्रमितमध्ये १ जना लागु औषधको कारोवारी भएको खुलेको छ ।
अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनबाट बुधबार दिउँसो साढे ३ बजे दुई संक्रमित भागेका थिए ।


तीमध्ये पर्साको विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठा घर भएका संक्रमित २८ वर्षीय राजनाथ यादवलाई नियन्त्रणमा लिएर प्रहरीले फेरि आइसोलेसन वार्डमा राखेको छ ।

अस्पतालबाट भागेर खेतको बाटो हुँदै पैदल बहुअर्वाभाठा जाँदै गरेका यादवलाई प्रहरीले तिलावे खोलाको पुल नजिकको खेतबाट नियन्त्रणमा लिएको हो । यादव लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा हुन् ।

लागूऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएका यादवलाई मङगलवार कोरोना पुष्टि भएपछि अस्पताल लगिएको
पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button