उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो



मेरो प्रदेश सम्वाददाता
उदयपुर
उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्याङ्क अनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशमा संक्रमितको संख्या ११० पुगेको हो ।
उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको हो । संक्रमण पछी निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश १ का ३ जनामा कोरोना पुष्टि भएको थियो ।


उनीहरु उदयपुरकै १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button