जनकपुरमा सरकारी अस्पतालबाट दिईने सेवा निजी अस्पतालले दिन थाल्यो



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ सरकारले कोरोनाबाहेकका बिरामीका लागि एक निजी अस्पतालबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । प्रादेशिक अस्पताल जनकपुरलाई कोरोनाको विशेष अस्पताल बनाएपछि प्रादेशिक अस्पतालमा कोरोनाका बिरामीको मात्रै उपचार हुने भएकाले जनकपुरस्थित सिटी प्रशिक्षण अस्पतालबाट सरकारी सेवा दिन थालिएको प्रदेश सरकारले जानाएको छ ।


११ वैशाखमा प्रदेश सरकार र अस्पताल प्रशासनबीच सरकारी अस्पतालकै शुल्कमा बिरामीको उपचार गर्ने सहमतिसँगै सिटी अस्पतालमा बिरामीको चहलपहल बढेको छ । ‘लडकाउनका कारण उपचारमा लागि बिरामी बाहिर जाने अवस्था नहुँदा । अस्पतालले बिहान ९ देखि दिउँसो ३ बजेसम्म ओपिडी र २४सै घन्टा इमर्जेन्सी सेवा दिँदै आएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button