असिना पानीले बागमती नगरपालिकाको कृषि उपजमा ठूलो क्षती



मेरो प्रदेश सम्वाददाा
सर्लाही
बिहिवार दिउँसो परेको असिना पानीले सर्लाहीको बागमती नगरपालिका क्षेत्रका विभिन्न भागमा कृषि उपजमा ठूलो क्षति पुर्याएको छ ।
सर्लाहीका अन्य क्षेत्रमा सामान्य वर्षा मात्रै भएपनि बागमती नगरपालिकाको जिरायत, धरहरा लगायतका ठाउँमा असिना सहित परेको पानीले भर्खरै रोपेर टूसा हाल्दै गरेको मकै, धान चमारा लाग्ने बेला भएको मकै, विभिन्न तरकारी बाली लगायत कृषि उपजमा क्षति पुर्याएको किसानले गुनासो गरेका छन् ।


यसैगरी असिनाले खपडाको छानो भएका घरहरुमा समेत क्षति गरेको छ । केही दिनदेखि जिल्लाको बागमती र बरहथवा नगरपालिकामा पटक–पटक आएको असिना पानीले कृषि उपजमा क्षति पु¥याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button