दिल्लीबाट आएका बालकमा कोरोना संक्रमणको पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा


प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर टेस्टमा नेगेटिभ देखिएको सर्लाहीको धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरमा कोरोना संक्रमण रहेको स्थास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

गत चैत २३ गते भारतको दिल्लीबाट घर आएका बालकर्को यापिड टेस्ट पोजेटिभ देखिपछि थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।

अस्पतालमा पिसिआरबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि शंकास्पद रिपोर्ट देखिएका भन्दैे थप परिक्षणको लागि काठमाडौँ पठाईए पछि रिपोर्ट पोजेटिभ देखिएको स्थास्थ्य निर्देशनालय प्रदेश २ का प्रमुख विजय झाले जानकारी दिए ।

गत शुक्रवार बालकको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई थप परिक्षणको लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा पिसिआर चेकजाँचका लागि ल्याईएको थियो । तर त्यहाँ रिपोर्ट नेगेटिभ आएपछि बालकलाई घर पठाइएको थियो ।

रिपोर्ट पोजेटिभ आएकोले बालकलाई उपचारका लागि ल्याईने भएको छ । उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अथवा सप्तरीको गजेन्द्रनारायण सगरमाथा अस्पतालको आइशोलेशनमा पठाईने झाको भनाई छ ।

उनमा कोरोना संक्रमण देखिएकाले उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने र घर परिवार सहितको कोरोना परिक्षण गरिने भएको छ । बालक दिल्लीमा मजदुरी गर्दै आएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button