सर्लाही सशस्त्र प्रहरीद्वारा ९५ बोतल लागूऔषध नष्ट



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीले मंगलबार ९५ बोतल लागूऔषध वार्लेक्स नष्ट गरेको छ ।
सशस्त्र प्रहरीले गण परिसरमा एक सय एम. एलका ९५ बोतल वार्लेक्स नामक लागु औषधको झोल बिर्को खोलेर खाडलमा खन्याई नस्ट गरेको हो ।


नेपाल र भारत दुबै देशमा कोरोनाको संक्रमणबाट बच्न लकडाउन भईरहेको समयमा नेपाल भित्र्याईएको लागु औषध
सशस्त्र प्रहरीले गत चैत २९ गते मलंगवा नगरपालिका–१ भेडियाही स्थित भारतीय नाकाबाट नेपालतर्फ गहुँको बोरा भित्र लुकाएर एक युवकले ल्याई रहेको अवस्थामा बरामद गरेको हो । युवाले प्रहरीलाई देखेपछी बोरा फालेर भारत तर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले, कविलासी नगरपालिकाका जनप्रतिनिधि, संचारकर्मी लगायतको उपस्थितीमा उक्त लागूऔषध नष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button