उदयपुरमा पुनह. ८ जनामा कोरोना संक्रमणको आशंका,



मेरो प्रदेश सम्वाददाता
गाईघाट
उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्के स्थित मस्जिदमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भेटिएको केहिदिन नबित्दै
भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल धरान लगिएको छ ।


स्वाब संकलन गरिएकामध्ये आठ जनामा कोरोना सङ्क्रमणको शंका लागेपछि धरान पठाइएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । संक्रमणको बिषयमा परीक्षण पछि मात्र थाहा हुने उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button