टिभी हेर्ने क्रममा एक ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको ठोरी गाउँपालिका– ३ मा टिभी हेर्ने क्रममा एक ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ ।
बालिकामाथि उनकै छिमेकी १४ वर्षीय युवकले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको हो ।


बालिकाले आइतबार आमालाई घटनाको जानकारी गराएपछी छोरीमाथि यौन दुव्र्यवहार भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा ति १४ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवकले झुक्किएर आफ्नो हात बालिकाको यौनाङ्गमा पुगेको स्वीकारेको पर्सा प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button