महोत्तरीमा मध्यरातमा आगलागी हुंदा १४ लाखभन्दा बढीको क्षती



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा बुधबार मध्यरातमा आगलागी हुंदा १४ लाखभन्दा बढीको क्षती भएको छ ।
जिल्लाको लोहारपट्टी नगरपालिका – ५ स्थित गुलाम रहशुलको ट्रयाक्टर र थ्रेसर राख्ने जस्ताको घरमा भएको आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर (गहुँ, धान कुटने यन्त्र) लगायतका सामान र सो राखिएको घर जलेर नस्ट हुंदा १४ लाखभन्दा बढीको क्षति भएको हो ।


आगो लागेको ठाउँमा पेट्रोलको गन्ध आएको हुँदा कसैले नियतिबस आगो लगाएको हुंन सक्ने स्थानियले आशंका गरेका छन ।
घटनाको बिषयमा अनुसन्धान गरीरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button