लकडाउनका कारण व्यवसायीहरु संकटमा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड—१९) का कारण उत्पन्न समस्याले गर्दा सरकारले गत चैत्र ११ गते देखि लकडाउनको घोषणा गरेसंगै यतिखेर व्यवसायीहरु ठूलो संकटमा परेका छन् ।
सरकारले एकसाताको लागी गरेको लकडाउनको मिति पटक—पटकसार्दै ३ साता सम्म लम्ब्याएपछि महोत्तरीको बर्दिबासका अधिकाँश व्यवसायिहरुलाइ अहिले एउटै चिन्ताले सताएको छ, बैंकबाट व्यवसाय गर्न लिएको ऋणको ब्याज कसरी तिर्ने ?
अत्याआवश्यक खाद्यान्न लगायतका केहि व्यापार व्यवसाय खुलेपनि करिब ९५ प्रतिशत व्यवसायि लकडाउनका कारण अहिले घरमै बसिरहेका छन् ।
सरकारले व्यवसाय सञ्चालन भएका घरका घरधनीहरुलाइ घरभाडा छुट दिन आग्रह गर्दा बैँक तथा वितिय क्षेत्रहरुलाई ब्याज छुट दिने भन्ने विषयमा कुनै चासो नदेखाएकाले व्यवसायिहरु चरम आर्थिक संकटको मारमा पर्न सक्ने भन्दै सरकारसंग आक्रोशित भएका छन् ।
सरकारले केहि ढिला गरेर बैकको ब्याज तिर्ने व्यवस्था गरेपनि लकडाउनको कारण व्यापार व्यवसाय ठप्प हुंदा ढिलै गरेर पनि कसरी ब्याज तिर्ने भन्ने चिन्ताले व्यापारीहरुलाई सताएको छ । आवश्यक परेको समयमा व्यापारीहरुले सरकारलाई सहयोग गरेको तर,सरकारको सहयोगको आवश्यकता परेको अवस्थामा व्यवसायिप्रति सरकार उदासिन भएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रल्हद क्षेत्रीले बताए ।


उनका अनुसार व्यापार व्यवसाय ठप्प हुंदा सरकारले ब्याज भुक्तानीको म्याद गत चैत्र भरिमा तिर्नु पर्नेलाई बैसाख मसान्त सम्म पुर्याए पनि बँैकहरुले लालचा देखाएर केही प्रतिशत मात्रै ब्याजमा छुटको प्रस्ताव राखेको भन्दै कोरोनाको त्रास र चिन्ताले लक डाउन पालना गरेर घरमा बसेको समयमा बँैकबाट फोन आँउदा व्यवसायिहरु थप मानसिक तनावमा पर्न सक्ने प्रस्ट पारे ।

त्यस्तैगरी (बर्दिबास—१ )चोकमा भाँडा व्यवसासय गर्ने कमल पोखरेलले यस्तो अवस्थामा सरकारले व्यवसायीहरुलाइ राहत हुने गरी राहतको प्याकेज घोषणाको माँग गरेका छन् । पोखरेलले कम्तिमा लकडाउन अवधिभरको बँैकको ब्याज छुट दिँदा पनि व्यवसायिहरुलाई ठुलै राहत मिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button