कोरोना उपचारमा खटिएकाको मृत्यु भए ५० लाख राहत दिने, किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिरिदिने



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्बर २ सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएकाहरुको मृत्यु भएका ५० लाख रुपैयाँ राहत दिने भएको छ ।


प्रदेश सरकाले निजामती तथा अन्य कर्मचारी, सरकारी, गैरसरकारी ,निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भएमा पीडित परिवारलाई ५० लाख राहत स्वरुप दिने निर्णय गरेको हो ।

यसैगरी किसानहरुले बैंक तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज तिरिदिने निर्णय भएको छ ।

सरकारले पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाख रुपैयाँभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिस अनुसार व्याज तिरिदिने निर्णय गरेको छ ।

यसका साथै दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा समेत राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button