मिथिला नगरपालिका वडा नं. ११ मा राहत वितरण

प्रेम कार्की
धनुषा
धनुषाको मिथिला नगरपालिका वडा नं. ११ मा खाद्यन्य समस्या भएका परिवारलाई राहत वितरण गरिएको छ ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो ।
बिहिबार वितरण गरिरहेको खाद्यन्य सामग्रीमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र आधा लिटर खाने तेल रहको वडा अध्यक्ष बेद बहादुर कार्कीले बताए । उनका अनुसार
वडा नं. ११ मा २ सय ७४ विपन्न घरपरिवारका लागि खाद्यन्य सामग्री वितरण गरिएको हो ।