कोरोना संक्रमणबिरुद्वको अभियानमा खेलाडी र युवा परिचालन गरीने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले कोभिड १९ संक्रमण बिरुद्वको अभियानमा स्वंयम सेवकको रुपमा युवा सहित खेलाडी परिचालन गर्ने भएको छ ।
मन्त्रीपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमण बिरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटलाई परिचालन गर्ने निर्णय गरेको हो ।