सामुदायिक रेडियो सुनगाभा आजदेखि १२ औं वर्षमा प्रवेश



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासकै सबै भन्दा पुरानो रेडियोको रुपमा स्थापित सामुदायिक रेडियो सुनगाभा एफ. एम.
आजदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । रेडियोको स्थापना दिवसको अवसरमा रेडियोका अध्यक्ष राजकुमार श्रेष्ठले विश्व अहिले कोरोना भाइरस ( कोभिड १९) को महामारीसंग जुधिरहेको समयमा रेडियोको महात्वपूर्ण भुमिका हुने कुरा बताएका छन । रेडियोले आज ११ वर्ष पूरा गरेर १२ औं वर्षमा प्रवेश गरेको सन्दर्भमा श्रेष्ठले सो कुरा बताएका हुन ।


उनले अहिलेको संक्रमणकालिन अवस्थामा रेडियोमा कार्यरत पत्रकारहरुलाई आफू सुरक्षित भएर आधिकारीक समाचार मात्रै रेडियोबाट प्रसारण गर्न सुझाव दिएका छन । लकडाउनका समयमा पनि रेडियोमा कार्र्यरत पत्रकारहरुले जनतालाइ सुसुचित गराउने काममा अहोरात्र खटिरहेको कामको प्रसंशा गर्दै उनले आगामी दिनहरुमा पनि रेडियोले यस्तै काम गर्ने पत्रकारको अपेक्षा गरेको बताए ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका महोत्तरी जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठले सम्पूर्ण विज्ञापन दाता,श्रोता सम्पूर्ण सामुदायिक रेडियो तथा रेडियोमा कार्यरत कर्मचारीहरुको उत्तर–उत्तर प्रगतिको कामना गरेका छन ।

विसं २०६५ चैत्र २६ गते अर्थात आजकै दिन बर्दिबास सञ्चार सहकारी संस्थाद्धारा बर्दिबासकै पहिलो रेडियोको रुपमा स्थापना भएको यस रेडियोले जनतालाई विभिन्न जनचेतना मुलक कार्यक्रम, समाचार मार्फत आवाज बिहिनहरुको आवाज बन्न सफल भएको छ ।
साथै रेडियोले बिभिन्न ,मनोरञ्जन तथा देशविदेशका घट्नाहरुको बारेमा जानकारी गराउदै नागरिकलाई सुसुचित गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button