सलहेश फूलबारी मेला यो बर्ष नलाग्ने



मेरो प्रदेश सम्वाददाता
सिरहा
प्रत्येक बर्ष वैशाख १ गते नयाँ वर्षको अवसरमा सिरहाको लहान नगरपालिकामा लाग्ने गरेको सलहेश फूलबारी मेला यस बर्ष नलाग्ने भएको छ ।


सिरहामा हरेक बर्ष लाग्ने सलहेश फूलबारी मेलामा नेपाल तथा भारतका हजारौं दर्शनार्थीहरु आउने गर्छन् ।
नयाँ बर्षको दिन यो फूलबारीमा ‘अनौठो’ किसिमको फूल फूल्ने गर्दछ नयाँ वर्षको दिनमात्र फूल्ने यो फुल एक दिन मात्र फुलेर ओईलीएर भर्ने गरेको छ ।

विश्वभर कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न देशभर गरिएकोे लकडाउनलाई पूर्ण पालना गराउनका निम्ति मेला नलाग्ने भएको हो ।

मंगलबार सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँको अध्यक्षतामा सुरक्षा अधिकारी र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले मेला लाग्न नदिइने
निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरागाइँले बताए ।

मेला नलाग्ने बिषयमा स्थानीय तहहरुले सूचना जारी गर्ने र सुरक्षा निकायसँग समन्वय गरी सिमावर्तीका बासिन्दाहरुलाई समेत जानकारी गराईने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button