प्रदेश भित्रका किसानहरुलाई राहत तथा क्षतिपूर्ति दिने तयारी

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेशभरका किसानको लगत संकलन भइरहेको बताएका छन ।
उनले लकडाउन अवधि सम्म मन्त्रालयले प्रदेश भित्रका किसानहरुलाई राहत तथा क्षतिपूर्ति दिने तयारी भइरहेको बताएका छन् । मन्त्री साहले प्रदेशमा कुखुरा व्यवसाय गर्ने किसानहरुलाई ठूलै क्षति भएको भन्दै प्रति कुखुरा १ सय २५ रुपैयाँ र प्रति चल्ला १ सय रुपैया किसनलाई दिने निर्णय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको बताए ।
उनले ऋण लिएका किसानहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन बैंकहरुलाई चिठ्ठी काटिएको भन्दै१० लाख रुपैयाँसम्म कृषिका लागि ऋण लिएका किसानहरुलाई ब्याजमा १२ प्रतिशत छुट, १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म ऋण लिएकालाई ५० प्रतिशत र २५ लाख रुपैयाँभन्दा माथि ऋण लिएका किसानलाई २५ प्रतिशत सम्म ब्याजमा छुट मन्त्रिपरिषदको बैठक बसेर निर्णय गरेर दिईने बताए ।