लकडाउनका कारण बिचौलियाको बिगबिगी



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
कोराना भाइरसले बिश्वब्यापी रुपमै संत्रास फैलिरहेको समयमा सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले उचित बजार नपाएपछि महोत्तरीका किसान चिन्तित भएका छन् ।
ढुवानी गर्ने साधनको अभाव र लकडाउनका कारण बजार क्षेत्र सम्म किसानको तरकारी पुग्न नसकेकाले तरकारी खेतमै कुहिन थालेको छ । स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्य समेत पाउन नसकेको उनीहरुको गुनासो रहेको छ । जिल्लाको बर्दिवास ,गौशला ,रामगोपालपुर नगरपालिका लगायतका किसानले व्यावसायिक रूपमा लगाएको तरकारी जिल्लाका मुख्य बजार र अन्य हाटबजारमा बिक्रीका लागि लैजान ढुवानी गर्ने सुविधा नहुँदा चिन्तित बनाएको एक किसानले दुखेसो पोखेँ ।
ठूलो लगानी गरेर व्यावसायिक खेती गरेको तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता भयोे उनले भने, पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चले पनि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको गौशला बेलगाछीका स्थानीय अगुवा किसान काशी महतोको भनाइ छ । उनका अनुसार अहिले खेतमा काँक्रो, फर्सी, लौका ,भाण्टा खुर्सानी, लगायत अन्य हरियो तरकारी उत्पादन भएका छन् ।
तर बजार पुुर्याउन नसक्दा तरकारी खेतमै कुुहिने समस्या रहेको छ भन्दै बजार पुर्याएको तरकारी बेच्न राख्दा प्रहरीले भिड भाड् भयो भनी लठी हान्छन किसान बजार सम्म पुग्न नसक्दा बिचौलियाहरुको बिगबिगी बढेको छ । कतिपय ठाउँमा बिचौलियाहरु अहिले किसानको घरमै पुगेर सस्तो मुल्यमा तरकारी खरीद गरेर महँगोमा बिक्रि गरीरहेका छन ।
यसले ‘एकातर्फ किसान मर्कामा छ, भने अर्कौ तर्फ उपभोक्ताले महंगोमा तरकारी किन्नु परेको छ,’ यहाँ त काम गर्ने कालु र मकै खाने भालु भन्ने जस्तै भएको छ ।’
महतोले आफै तरकारी बोकेर घर घरमा डुल्दै बेच्नु भन्दा सबै मिलेर गाडीको ब्यवस्था गरेर सहकरी मार्फत एकमुष्ट तरकारी बजारमा पठाउन सके किसानलाई राहत मिल्ने र आम उपभोक्ताले तरकारी सस्तोमा पाउन सक्ने भनाइ राखे।
उनले बेसिजनमा अधिकाँस विचौलिया खेतबारीमा तरकारी खोज्दै आउने र अघिपछि आफै बोकेर डुलाउँदै तरकारी बेच्नुपर्ने अवस्था रहेको समेत बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button