सप्तरीमा ढिस्कोले पुरिएर दुई बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ ।
मुत्यु हुनेमा


जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर ६ मोहनपुर घर भएका दिल बहादुर मगरका ५ वर्षीय छोरा निकेश मगर र सोही वडा घर भएका उमेश खड्काका ६ वर्षीय छोरा संजिव खड्का रहेका छन ।

दुबै बालक घर नजिकै रहेको स्थानीय गौरी खोलामा खेल्न गएका थिए खल्ने क्रममा खोलाको किनारको माटोको ढिस्कोले पुरिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

मृतक दुवै जनाको शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button