सर्लाहीमा तालमा डुबेर बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा आइतवार दिउँसो तालमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिपुर नगरपालिका–१,जानकीनगरका होमबहादुर रखामका ७ वर्षीय छोरा धनबहादुर रखाम रहेका छन ।


बालकको खेल्ने क्रममा स्थानिय मल्हनियाँ तालमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button