आइसोलेसनबाट भागेका एक जना खोटाङबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
उदयपुर


उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जनालाई खोटाङबाट पक्राउ गरिएको छ । पक्रउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली रहेका छन ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कने क्रममा नेपालीलाई ज्वरो आएको थियो । ज्वरो आएसंगै कटारी अस्पतालको आइसोलेसनमा राखिएको उनी अस्पतालबटै भागेका थिए । अस्पतालबाट भागेका नेपाली

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।

छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा उनलाई आज नियन्त्रणमा लिएर क्वारेन्टीनमा राख्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

किर्तीमानको सम्पर्कमा रहेका दुई परिवारका आठ जनालाई समेत दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button