वडाध्यक्षले व्यक्तिगत रकमले बाँडे मास्क र साबुन



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको विष्णु गाउँपालिका–२, का वडाध्यक्ष सञ्जय कुमार साहले शुक्रवार आफ्नो व्यक्तिगत रकमबाट वडामा बसोवास गर्दै आएका अति विपन्न परिवारलाई मास्क र साबुन वितरण गरेका छन् । उनले करीब २ सय दलित, अति विपन्न तथा असहाय परिवारलाई कोरोना भाइरस ( कोभिड–१९) विरुद्ध सावधानी अपनाउन अनुरोध गर्दै मास्क र साबुन बितरण गरेका हुँन ।


गाउँमा कोरोना भाईरस फैलिन नदिन विष्णु गाउँपालिकाले स्थानीयमा सचेतना फैलाउँदै भारत तथा अन्य देशबाट रोजगारी गरी फर्किएकाहरु माथि निगरानी बढाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button