सप्तरीमा आगलागी हुँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको एक घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।


सप्तरीको राजविराज नगरपालिका–९ मलेठ स्थित बद्री महतोको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा थ्रेसर मेसिन १ थान, घरमा रखिएको अन्नपात, मोबाइल, मार्बल काट्ने मेसिन १ थान लगायतका सामान जलेर नष्ट भएको हो ।

आगलागी भएको निक्कै बेरपछि दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाईएको सप्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button