विज्ञको जिम्मामा प्रदेश २ सरकारको कोरोना संक्रमण रोक्ने नीति

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले बिहिबार गठन गरेको स्वास्थ्य सल्लाहकार समितिसँगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नुपर्ने कार्यहरुको तथ्यगत सूचिसहितको नीति निर्माण गर्ने जिम्मेवारी विज्ञ समितिलाई दिने निर्णय गरेको छ ।
सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरुसँगको सल्लाह सहितको नीति बनाएर प्रदेश सरकारलाई यथाशीघ्र उपलब्ध गराउन आग्रह गरिएको छ । बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजयकुमार सिंह, डा. गरीबदास ठाकृुर, डा. जेके लाल रहेका छन् । सल्लाहकार समितिले आजैदेखि आफ्नो काम शुरु गरेर यथाशीघ्र आफ्ना सुझावहरु सरकारलाई बुझाउनु पर्ने छ ।