वडाध्यक्ष जानकीरामले गरे पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा



मेरो प्रदेश सम्वाददाता
धनुषा
विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको समयमा समेत निरन्तर नागरिकलाई सुचना प्रदान गर्ने राज्यको चौथो अंग भनिएका पत्रकारको लागि एकजना वडा अध्यक्षले राहत प्याकेजको घोषणा गरेका छन् ।


जनकपुरधाम वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले स्थलगत पत्रकारीता गरी समाचार सम्प्रेषण गरेर नागरिकलाई जानकारी दिने कामलाई पत्रकारले निरन्तरता दिएको भन्दै विशेष प्याकेज घोषणा गरेका हुन् ।

साहले स्थलगत पत्रकारीता गरी कोरोना महामारी अवधिभर काम गर्ने संचारकर्मीलाई एक लाख रुपैयाँको जिवनविमा, लकडाउनको अवधिसम्ममा कुनै किसिमको विरामी परेमा स्वास्थोपचारको निःशुल्क व्यवस्था र सो अवधिभर दैनिक १ लिटर पेट्रोल दिने वडाको बोर्ड वैठकबाट निर्णय गरी विशेष राहत व्यवस्थाको घोषणा गरेका छन् ।

साहले कोरोना भाइरस संक्रमणको बेलामा सुरक्षानिकाय, चिकित्सकहरु र पत्रकारहरु नै अग्रपंक्तिमा देखिएकाले पत्रकार बाहेकका हकमा सरकारले विभिन्न राहत प्याकेजहरुको घोषणा गरेपनि पत्रकारको हकमा कसैले केहि नगरेको देख्दा आफुहरुले वडाको बोर्डको वैठक राखी पत्रकारहरुको मनोबल उच्च राख्ने उद्देश्यले स्थानीय स्तरमा काम गर्नेहरुका लागि केहि राहत व्यवस्था मिलाउने प्रयास गरेको बताए ।

यसका लागि नेपाल पत्रकार महासंघ धनुषा शाखासंग समन्वय गरेको र महासंघले स्थलगत पत्रकारीता गर्नेहरुको नामावली सिफारिस गरेर दिएमा सो राहत उपलब्ध गराउने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button