२ हजार २ सय परिवारलाई परोहा नगरपालिकाको राहत बितरण

मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको परोहा नगरपालिकाले दुई हजार दुई सय परिवारलाई राहत वितरण गरेको छ ।
सरकारले घोषणा गरेको लकडाउनले रौतहटको परोहा नगरपालिका भित्रका विपन्न तथा असहाय परिवारलाई दैनिक जिवनयापनमा समस्या भएपछि परोहा नगरपालिकाले नगरभित्र बसोवास गर्ने बिपन्न अपाङ्ग तथा दैकि ज्यादारीमा काम गरेर खानेहरुलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका मेयर शेख वकिलले प्रति घर परिवार १५ किलो चामल, दुई किलो दाल, खाने तेल, नुन तथा सोयाबिन वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार, नगरपालिका भित्र बसोवास गर्ने सात हजार ७२ घरधुरीमध्ये ९ वटै वडाका दुई हजार दुई सय विपन्न परिवारलाई राहत बाँडिएको छ ।